पोखरामा आजदेखि आहा ! रारा पोखरा गोल्डकप फुटबल सुरू हुँदै

पोखरा । मोफसलकै सबैभन्दा चर्चित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि पोखरामा सुरू हुँदै छ ।

पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन् ।

फागुन ३ गतेसम्म चल्ने नकआउट फुटबल प्रतियोगितामा यसपटक ३ विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा साविक विजेता त्रिभुवन आर्मी क्लबसहित ए डिभिजनका ७ क्लब, बी डिभिजनका १ क्लब, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।

त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, संकटा क्लब, एनआरटी, सहारा क्लब, ब्रिगेड ब्वाइज क्लब युके, थण्डरबोल्ट नर्थ युनाइटेड भारत र उज्बेकिस्तानको टिम ब्ल्याक बुल्स ।

आहाराराको सफल टोली एवम् पोखरेलीको प्रिय मानिने मनाङ मर्स्याङ्दी क्लबको भने यसपटक सहभागिता छैन ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार पाउनेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...