गजुरीमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु

धादिङ, ६ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गाडीको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युपछि स्थानीयबासिन्दा र विद्यार्थीले राजमार्गमै प्रदर्शन गरेका छन् ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले गजुरीको आदर्श माद्यामिक विद्यालयमा पढ्ने ६ वर्षीय विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड र आगजनी गरेका छन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा सवारी चलेका छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...