बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्दै

काठमाडाै। कलाकार बुद्धि तामाङले नेपाली कथानक चलचित्र ‘कुस्ती’ निर्माण गर्ने भएका छन् । तमु ल्होसारको अवसर पारेर फिल्म ‘कुस्ती’ घोषणा गरिएको हो।

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन्।फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ प्रेम सम्बन्धमा रहेको एक जोडीको अनौठो प्रेम कथा हुने निर्देशक योञ्जनले बताए। उनले भने,‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका छन्। दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ।’

कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए। उनले भने,‘म यसै क्षेत्रमा छु। यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु। यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु। हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ।’

उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा नै ‘कुस्ती’ मा रहेको बताए। काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय