चलचित्र ‘पुर्णबहादुरको सारङ्गी’ले प्रदर्शन रोक्ने !

काठमाडौं । यसबर्षको सर्बाधिक सफल चलचित्र पुर्णबहादुरको सारङ्गीले आफ्नो प्रदर्शन रोक्ने भएको छ। भोलि सोमबारदेखि चलचित्र कुनैपनी हलमा प्रदर्शन नहुने भएको छ।

भारतिय चलचित्र पुष्पा-२ ले हलको सबै शो अकुपाई गरेकोले नेपाली चलचित्रले हल छाड्न बाध्य भएका हुन् । हिन्दी चलचित्र पुष्पा-२ ले बिहान ४:१५ देखि राती ११:५५ सम्मको शो पाएको छ।पुष्पा-२ रिलिज भएपछि नेपाली चलचित्र ‘हर्स्व दीर्घ’ हलबाट उत्रिएको थियो भने अर्को चलचित्र ‘तेल भिषा’ को शो पनि खुम्चिएको छ।

हाल तेलभिषाले केही हलमा एक शो मात्रै पाएको छ। त्यसैगरी पुर्णबहादुरको सारङ्गीले पनि शो घटाउनुपरेपछी बिज्ञप्तिजारी गर्दै फिल्मनै हलबाट उतार्ने निर्णय लिएको हो।

चलचित्र पुर्णबहादुरको सारङ्गीले नेपालमा ५० करोड भन्दा बढीको कारोबार गरेको छ भने बिदेशमा २६ करोडको ब्यापार गरेको छ।यदि यसलाई दर्शकको चाहना अनुसार अझै हलमा शो दिएको भए झन्डै १ अर्बको कारोबार गर्ने पहिलो नेपाली चलचित्रको रेकर्ड बन्न सक्थ्यो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय