प्रचण्ड-ज्ञानेन्द्र मिलन अझै सम्भव छ ?

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जनयुद्धकालमै दरबारसँग निकटता थियो भन्ने कुराको पुन:पुष्टि हुन थालेको छ।

२०५८ जेठ १९ मा दरबार  हत्याकाण्डबाट विरेन्द्रको बंशनास भएपछि प्रचण्ड तत्कालीन ७ दलसँग भन्दा ज्ञानेन्द्र शाहसँग मिल्न चाहन्थे र पटकपटक सम्पर्क सुत्र प्रयोग गरेर दरबारसँग बार्ता गर्न चाहन्थे भन्ने आरोप तत्कालीन माओवादी नेताहरुले लगाउथे। अहिले देशका प्रधानमन्त्रीले नै प्रचण्ड-ज्ञानेन्द्र(पुर्व राजा ज्ञानेन्द्र शाह) सम्बन्ध बारे खुलासा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध चलिरहेको भूमिगत अवस्थामा प्रचण्डले ज्ञानेन्द्रलाई भेटेको तिथि मिति र समयको खुलासा गरेका छन् ।यद्यपि त्यो सत्य हो वा ओलीको कुन्ठा मात्रै हो भन्ने बारे प्रचण्डले पनि मुख खोलेका छैनन् । अर्थात आफुमाथी लागेको आरोपमा प्रचण्ड मौन छन् ।

प्रधानमन्त्री ओलीका अनुसार प्रचण्डले २०६० माघ १९ गते राति १ बजे दरबार मै पुगेर ज्ञानेन्द्र भेटेको दाबी छ। तर, सशस्त्र युद्धको बेला यो त्यत्ति पत्यारलाग्दो भने देखिदैन । प्रचण्डले दरबारसँग निकट सम्बन्ध बनाएको कुरा एमाले अध्यक्षले मात्रै होइन तत्कालीन माओवादीकै नेताहरूले पनि आरोप लगाउथे।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय