यस्तो छ काँग्रेस-एमालेबीचको समझदारी

काठमाडौं, १८ असार । देशमा अब कांग्रेस र एमाले सम्मिलित सरकार बन्ने भएको छ। यसको खाका समेत तयार भइसकेको छ र आजै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ।

परेवान्युजले दुई साता अघि नै यो विषयमा समाचार तयार पारेको थियो । हाम्रो समाचार स्रोत कमजोर नहोस् भनेर निरन्तर फ्लोअप गर्दै जादा असार १५ शनिबार दिउँसो २ बजे ओली निवास बालकोटमा दहीच्युरा खान जब कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी सहित पुगे त्यसपछि भेद खुल्यो।

शेरबहादुर देउवा र केपी ओली डेढ बर्षपछि बल्ल यसरी मज्जाले भेटेर गफ गर्न पाएका थिए। तर,यो बिचमा दोस्रो तहका नेताहरूको आउजाउ बाक्लै थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने उथलपुथलबाट वाक्क दिक्क भैसकेका यी दुई नेताले जनताको चाहना अनुसार भन्दा पनि आफ्नो स्वार्थ साम्राज्य ध्वस्त नहोस् भनेर यो गठबन्धन गर्नुपरेको हो।

पछिल्लो समझदारी अनुसार अब एमाले अध्यक्ष ओली दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।त्यसपछि कांग्रेस सभापति देउवा बाँकी अवधि ०८४ को चुनावसम्म प्रधानमन्त्री बन्ने छन् ।प्रचण्डले गर्नसक्ने उथलपुथल र राष्ट्रिय स्वतन्त्र पार्टी अनि काठमाडौंका मेयर बालेन साहले खोल्न सक्ने संभावित पार्टीको थ्रेट रोक्न पनि समझदारी आवश्यक रहेको कांग्रेस-एमालेको बुझाइ छ।

राती १२ बजे दुई पार्टीका नेता बिछ भएको हस्ताक्षरमा सुरुको चरण एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ। समझदारी पत्र लेख्न गोप्य ठाउँको खोजी गर्दै जादा ललितपुर पुगेर एमाले महासचिव शंकर पोखरेल र कांग्रेस नेता रमेश लेखकले पहिले ड्राफ्ट लेखे । त्यसपछि महाराजगन्जमा देउवा र ओली भेटेर छलफल गरे । त्यहीँ संघीय सरकार र प्रदेश सरकारको भागबन्डा भयो। जसमा संघीयमा आलोपालो र प्रदेशमा ३/३ वटा मुख्यमन्त्री ।

त्यसैगरी कांग्रेस-एमालेले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका पनि तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने र वडादेखि प्रतिनिधि सभाको सिट संख्या समेत हेरफेर गर्ने ।  समझदारी छ ।

उनीहरुको खाका अनुसार प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे पनि छलफल भएको छ । यसैगरी संविधान पुनरावलोकन गर्न वा शंसोधन गर्न पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई हर्ताकर्ता बनाउने सम्मको कुरा पनि भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय