विश्‍वकप जित्‍न दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

काठमाडौं, १५ असार । आइसिसी टी-२० विश्‍वकप क्रिकेटको उपाधिका लागि फाइनलमा अहिले भारत र दक्षिण अफ्रिका खेलिरहेका छन् । बार्बडोसमा जारी खेल जित्‍न भारतले दक्षिण अफ्रिकासामू १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । त्यस्तै अक्षर पटेलले ४७ रन बनाउँदा शिवम दुबे २७ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका केशव महाराज र एनरिच नोर्त्जेले २-२ विकेट लिँदा कगिसो रबाडा र मार्को यान्सेनले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय