रास्वपा भित्र भाँडभैलो, गृहमन्त्री राजिनामा दिने मुडमा !

काठमाडौं, १५ असार । पार्टी स्थापनाको दुई वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र भाँडभैलो सुरु भएको छ। २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको हो। रास्वपाका हाल २१ सांसद छन् ।
पार्टीमा समस्या देखिन थालेपछि सभापति एवं गृहमन्त्री रवि लामिछाने सहित सरकारमा सहभागी ४ मन्त्रीले राजिनामा दिने भएका छन् । यद्यपि यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको छ।
रास्वपा महामन्त्री मुकुल ढकालको ३२ पृष्ठको सुझावलाई मनन गर्दै पार्टी सरकारबाट फिर्ता हुने तर,समर्थन भने फिर्ता नलिने गरि छलफल भइरहेको खुलासा भएको छ। एकातिर सहकारी काण्डले सभापतिलाई तनाब दिइरहेको र अर्कोतिर सरकारमा गएपछि समर्थक घटेको बन्दै पार्टीले समिक्षा सहित निर्णय लिने बुझिएको छ।
महामन्त्री ढकालले ३२ जिल्ला घुमेर,३२ दिनमा तयार पारेको ३२ पृष्ठको प्रतिबेदनमा प्रदेश संरचना खारेज,प्रत्येक्ष निर्वाचित कार्यकारी,सरकारबाट फिर्ता र काठमाडौंका मेयर बालेन शाहसँग मिलेर अघि बढ्नुपर्ने मुख्य सुझाव दिएको छ। यो प्रतिबेदन तयार पारेपछि महामन्त्री ढकाल र सभापति लामिछाने बिचको दूरी बढेको बुझिन्छ। स्रोतका अनुसार महामन्त्री ढकाललाई अनुशासन आयोगले स्पष्टीकरण समेत सोधेको छ।यद्यपि पार्टीले मुकुललाई नै कारबाही गर्नुपर्ने र सरकार छाड्न नहुने बारेमा पनि बहस चलेको छ।
मुकुलको प्रतिबेदनमा एमाले र माओवादीसँगको सहकार्य तत्काल छाड्नुपर्नेमा समेत जोड दिएको छ। यदी एमाले र माओवादीकै पछि लागेमा पार्टी सकिने र विवेकशील पार्टीको जस्तै अवस्था आउने प्रतिबेदनको मुख्य जोड छ। तर,सभापति लामिछानेले अबको केन्द्रिय समिति बैठकमा यसबारे निर्णय हुने बताएका छन् ।
रास्वपामा बिराजभक्त श्रेष्ठ,डा.तोशिमा कार्की,शिशिर खनाल,गणेश पराजुली लगायतको एउटा टिम छ भने सभापति लामिछाने सहित उपसभापति डिपि अर्याल,सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी,सोबिता गौतमको अर्को समूह छ। त्यसैगरी महामन्त्री मुकुल ढकाल,उपसभापति स्वर्णिम वाग्ले,अनिल केसरी शाह,हरि ढकाल लगायतको अर्को समुह छ।

