माओत्से गुरुङले ‘पेन्सनपट्टा’ निर्देशन गर्दै

काठमाडौं । चलचित्रको कथा अनुसार पात्रमा डुबेर अब्बल अभिनय गर्ने चरित्र अभिनेता माओत्से गुरुङले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।

गत बर्ष सफल फिल्म ‘दयारानी’ निर्देशन गरेर थप चर्चामा रहेका गुरुङले छिट्टै अर्को चलचित्र ‘पेन्सन पट्टा’ निर्देशन गर्ने भएका हुन् । लाहुरे संस्कृतिमा पेन्सन पट्टाको महत्व र चिनारी अझै भिन्न छ। बिशेषगरि हङकङ,बेलायत र भारतीय सेनामा रहेका गुरुङ, राई, लिम्बुको एउटा पुस्तालाई आम्दानीको मुख्य स्रोत जस्तो देखिने पेन्सनले धेरै राहत दिइरहेको छ। सायद माओत्सेले यिनै बिषयलाई पर्दामा देखाउन खोजेको हुनसक्छ ।

ठुलो पर्दाको चलचित्र निर्देशनमा ‘दयारानी’ उनको ‘डेब्यु चलचित्र’ भएपनी उनले गुरुङ भाषाको चलचित्र निर्देशन गर्दै आएका थिए।त्यसो त माओत्से गुरुङ फिल्म एशोसियशन(जिफान)का पुर्व अध्यक्ष पनि हुन् । उनी पोखरमा गुरुङ फिल्मको निर्माण,निर्देेशन र सम्बर्द्धन  मार्फत अझै बढी चर्चित छ्न्।

उनले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’मा कथा पनि उनको नै छ । यो फिल्मको छायांकन दशैं अगाडि नै गर्ने तयारी माओत्सेले गरेका छन् । फिल्मका लागि कलाकार छनोट पछि छायांकनको मिति घोषणा हुनेछ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डीबी गुरुङ र माओत्से गुरुङको लगानी रहनेछ । एउटा लोभी युवक कसरी दानी बन्छ भन्ने कथामा यो फिल्म निर्माण हुन लागेको चर्चा छ। माओत्से निर्देशन संगै अभिनयमा झन् अब्बल छन् । उनले कबड्डी, डिग्रीमाइला लगायत अधिकांश हिट फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय