सन्दीपले विश्‍वकप गुमाउने पक्का, दुतावासले गर्‍यो दोस्रोपटक ‘रिजेक्ट’

काठमाडौं, १७ जेठ । अमेरिकी दुतावासले सन्दीप लामिछानेको भिसा रिक्वेस्टलाई दोस्रोपटक रिजेक्ट गरेको छ । बिहिबार अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेाई भिसा दिन फेरि अस्विकार गरिएको हो ।

यसअघि पाटन उच्च अदालतबाट जजक मुद्दामा सफाइ पाएपछि उनले  टी-२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको थियो तर अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

उनको भिसा अस्वीकार भएपछि चौतर्फी विरोध भएको थियो । यद्यपि यसले दुतावासको निर्णयमा केही पनि सम्बन्ध राख्नेवाला भने थिएन । तर सरकारले पनि कुटनीतिक नोट पठाउँदै भिसाका लागि आग्रह गरेको थियो ।

अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको भएपनि भिसा फेरि रिजेक्ट भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय