पुर्व राष्ट्रपति भण्डारीको राजनीति मोह ! एमाले महिला भेलाको उद्घाटन

काठमाडौं, १६ जेठ । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ काठमाडौंमा शुरु भएको छ। भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी छिन्।

बुधबारदेखि सुरु भएको भेला बिहिवार सम्म चल्ने छ। पुर्व राष्ट्रपति भण्डारीले भेला उद्घाटन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली सहित अन्य नेता अतिथिका रुपमा उपस्थित भए। भण्डारी एमालेको पुर्व उपाध्यक्ष तथा अखिल नेपाल महिला संघको अध्यक्ष समेत हुन् ।

राष्ट्रपति हुनुअघिसम्म एमालेको राजनीतिमा गुटकै नेतृत्व गर्नेगरी सक्रिय भण्डारीले अहिलेपनी राजनीतिमा फर्किने संकेत गरेकी छन् । उनको पक्षमा अहिले पनि एमालेभित्र धेरै नेताकार्यकर्ता छन् । महासचिव शंकर पोखरेल सहित पुर्व मुख्यमन्त्रीहरु शेरधन राई,डोरमणी पौडेल,पृथ्वीसुब्बा गुरुङ लगायत नेता भण्डारीलाई पुनः राजनीतिमा ल्याउन चाहन्छन् । त्यसैको लाभ उठाउदै पदमुक्त भएसँगै एमालेका पार्टी गतिविधिमा भण्डारी सहभागी हुने र चासो राख्ने गर्दै आएकी छिन्।

माओवादी र एमाले मिलाउने रणनीति पनि भण्डारीकै पहलमा भएको हल्ला चलिरहेको बेला पुनः एमालेको सक्रिय राजनीतिमा फर्किने कुराले थप चर्चा पाएको छ। स्रोतका अनुसार एमाले र माओवादी मिलेको अवस्थामा अध्यक्ष विद्या भण्डारीलाई बनाएर ओली र प्रचण्ड समेत ७ सदस्यीय स्टेरिङ कमिटी बनाउने समेत चर्चा छ। यसअघि राष्ट्रिय प्रतिनिधि परिषद भेलाबाट एमालेले भण्डारीलाई विशेष सम्मान दिएको थियो।

महिला भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेतृ, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, सांसद, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधिसहित करिब पाँच हजारको सहभागिता रहेको जनाइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय