कोलकातालाई तेस्रोपटक आइपिएलको उपाधि

काठमाडौं, १३ जेठ । भारतमा सम्पन्‍न १७औं संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको हो ।

हैदराबादले दिएको ११४ रनको लक्ष्य कोलकाताले ओभरमा केवल २ विकेटको क्षतिमा भेट्टायो । कोलकाताका लागि भेनकटेश अय्यरले अरर्धशतक प्रहार गरे भने रहमनुल्लाह गुरबाजले ३९ रन बनाए । हैदराबादका लागि प्याट कमिन्स र शाहबाज अहमदले १-१ विकेट लिए ।

चेन्‍नईमा जारी फाइनल खेल जित्‍न कोलकाताले ११४ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । त्यस्तै एइडेन मार्क्रमले २० तथा हेनरिच क्लासेनले १६ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोलकाताका लागि आन्द्रे रसेलले २.३ ओभरमा १९ रन दिएर ३ विकेट लिए । त्यस्तै मिचेल स्टार्क र हर्षित रानाले २-२ तथा वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।

कोलकाताले यसअघि सन् २०१२ र सन् २०१४ मा उपाधि जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...