फाइनल जित्न कोलकातालाई ११४ रनको लक्ष्य

काठमाडौं, १३ जेठ । भारतमा जारी १७औं संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेलमा अहिले कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन् ।
चेन्नईमा जारी फाइनल खेल जित्न कोलकाताले ११४ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाएको हैदराबादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनायो ।
हैदराबादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । त्यस्तै एइडेन मार्क्रमले २० तथा हेनरिच क्लासेनले १६ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोलकाताका लागि आन्द्रे रसेलले २.३ ओभरमा १९ रन दिएर ३ विकेट लिए । त्यस्तै मिचेल स्टार्क र हर्षित रानाले २-२ तथा वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।
यो आइपिएल फाइनल इतिहासकै सबेभन्दा कम योगफल हो ।

