दासढुङ्गा घटनाको ३१ वर्ष, घटना अझै पनि रहस्यको गर्भमै

काठमाडौं, ३ जेठ । आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औं स्मृति दिवस । आजकै दिन ३१ वर्ष अगाडि यी दुई प्रखर नेताको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

२०५० साल जेठ ३ गते एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित पोखराबाट चितवन जाँदै गर्दा दासढुङ्गामा जीप दुर्घटनामा परेका थिए । जीप चालक अमर लामा सकुशल रहेपनि त्यसको १० वर्षपछि उनको पनि हत्या भएको थियो जसले गर्दा घटना थप रहस्यमय बन्यो ।

उक्त घटनाको सत्यतथ्य आजसम्म पनि बाहिर आउन सकेको छैन । यसबीचमा एमालेले धेरैपटक सरकारको नेतृत्व गरिसकेको छ भने मदनपत्‍नी विद्यादेवी भण्डारी नेपालको राष्ट्रपतिजस्तो गरिमामय पदमा रहँदा पनि घटनाको छानविन हुन नसक्नु एक दुखद पक्ष हो ।

विचारक तथा बोल्न सिपालु भएका कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) भन्‍ने सिद्धान्तको विकास गरेका थिए । त्यसबेलाका लोकप्रिय नेता भण्डारीको निधनपछि उनको निधनको विषय रहस्यमय भएको भन्दै छानविन हुनुपर्ने चौतर्फी आवाज उठेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय