चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ भिड्ने,दानवी पछि हट्यो


नेपाली चलचित्र क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको अर्को शृङ्खला जेठ १० मा देखिने पक्का भएको छ।यो मितिमा मुख्य-मुख्य कलाकारको तीन चलचित्र भिड्ने तयारी थियो। यद्यपि त्यसबाट एउटा चलचित्र भने पछि हटेको छ।
जेठ १० मा दिनेश राउत निर्देशक रहेको पल शाह,प्रदिप खड्का र आर्यन सिग्देल अभिनित चलचित्र ‘पुजार सार्की’ र सुयोग गुरुङको निर्देशन तथा अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ भिड्ने पक्का भएको छ। यहि मितिमा प्रदर्शन घोषणा भएको पूजा शर्माको चलचित्र दानवी भने पछि हटेको छ। अब दानवी असार ७ मा प्रदर्शन हुनेछ।

दिनेश राउतको बिग बजेट चलचित्र ‘पुजार सार्की’ र अनमोल केसी अभिनित फर्की फर्की एउटै मितिमा रिलिज हुनुपनी सुखद भने होइन। नेपाली चलचित्रको बजार र दर्शकको मनोबिज्ञान हेर्दा ठूलो बजेटका दुई चलचित्र एकसाथ रिलिज हुँदा कमाई घट्न सक्छ। पुजार सार्कीमा लामो समयपछि प्रदिप खड्का,पल शाह र आर्यन सिग्देल एकसाथ देखिने छन् । पल शाह एक बर्षको जेल जीवन पछि यहि चलचित्र मार्फत पुनः आफ्नो करियर अगाडी बढ्नेमा आशावादी छन् । लामो समय गुमनाम बसेका आर्यनलाई पनि दर्शकले झन्डै बिर्सन लागिसकेका छन् । त्यसैले यो चलचित्र मार्फत पुरै टिम आशावादी छ।
बुद्ध पुर्णिामाको बिदा सदुपयोग गर्दै प्रदर्शनमा आउन लागेको फर्की फर्की बाट निर्माता रोहित अधिकारीले पनि कमाउनै पर्नेछ। किनभने यस अघिको चलचित्रमा रोहित अब्बल निर्माता हुन् भन्ने प्रमाणित भएको छ। उनले त्यो साख जोगाउनैपर्ने बाध्यता छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय