रियल मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं, ६ वैशाख । स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्‍वाटरफाइनलको दोस्रो लेगमा मड्रिडले इंग्लिस क्लब म्यान्चेस्टर सिटीविरुद्ध टाइब्रेकरमा जीत निकाल्दा बायर्नले आर्सनलविरुद्ध जीत निकाल्यो ।

सिटीको घरेलु मैदानमा भएको भएको खेलमा रियलले टाइब्रेकरमा ४–३ को जीत निकालेको हो । क्वार्टरफाइनलको दोस्रो लेगको खेल निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि समग्रमा ४–४ बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

उता बार्यनले बुधबार राति घरेलु मैदानमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा १–० को जित निकालल्दै समग्रमा ३–२ को जितसहित सेमिफाइनल यात्रा तय गरेको हो । आर्सनलको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो।

बायर्नका लागि खेलको ६३ औँ मिनेटमा जोसुवा किमिचले गरेको गोल नै निर्णायक बन्यो । बायर्नले अब सेमिफाइनलमा १४ पटकको लिग च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ। योसगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ।

सेमिफाइनलमा बायर्न र रियल मड्रिड तथा पिएसजी र बोरुसिया डर्टमुन्ड खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय