नागढुंगा सुरुङमार्ग आज ‘ब्रेक थ्रु’

काठमाडौ,३ बैशाख ।नेपालको पहिलो सुरुङमार्ग धादिङको सिस्नेखोला-नागढुंगा सुरुङमार्ग आज सोमबार छिचोलिँदै छ।
पुर्वदेखी पश्चिमसम्मका यातायात पृथ्वीराजमार्ग भएर काठमाडौं उपत्यका जोड्ने मुख्य सडकको पहिलो सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनलागेको हो। यो नेपालकै पहिलो सुरुङ मार्ग हो।
नेपालमा विभिन्न नदीलाई जलविद्युत् उत्पादन तथा पानी बितरणका लागि सुरुङ प्रयोग गरिएपनी यातायात संचालनको लागि भने यो पहिलो सुरुङ हो। यद्यपि दक्षिण एशिया मै पहिलो सुरुङ नेपालकै चुरियामाइको हो भनिएपनी यसमा सवारीसाधन सञ्चालन हुँदैन ।
धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने गरी निर्माण भइरहेको सुरुङमार्ग सोमबार दिउँसो साढे १२ बजे छेडिनलागेको हो। नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख नविनमान श्रेष्ठले सोमबार दिउँसो औपचारिक रुपमा ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको जानकारी दिए।
काठमाडौं उपत्यका जोड्ने २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ।
यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ।
नागढुंगा सुरुङमार्ग छेडिँदा काठमाडौ भित्रीने र बाहिरिने सवारी साधनलाई करिब ५ किलोमिटर छोटो हुनेछ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए।

