‘डिग्री’ नपढ्नेको ‘डिग्री माइला’ !

काठमाडौं ।आगामी शुक्रबारदेखि नेपाल सहित विदेशमा समेत प्रदर्शन हुनलागेको बहुप्रतिक्षित चलचित्र ‘डिग्री माइला’ को चर्चा यतिबेला ब्यापक छ।
चलचित्र ‘कबड्डी फेम्ड’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको ‘डिग्री माइला’ २०८० को अन्तिम चलचित्र हो। चैत ३० गते शुक्रबारदेखि देशभर यो चलचित्र प्रदर्शन हुनेछ।
चलचित्रको कथाको बारेमा निर्माण टिमले केही खुलाएको छैन। अधिकांश दृश्य ओखलढुंगाको रुम्जाटारमा खिचिएको यो चलचित्रको रोचक पक्ष भनेको यसका निर्देशक,अभिनेता र अभिनेत्री लगायत कुनैपनी कलाकारले ‘डिग्री’ गरेका छैनन् । क्याम्पस पढेका तर डिग्री नगरेका निर्देशक रामबाबु गुरुङ,दयाहाङ राई,आँचल शर्मा,माओत्से गुरुङ,बुद्धि तामाङ,प्रकाश घिमिरे,कमलमणि नेपाल लगायतले ‘डिग्री माइला’ लाई डोहोर्‍याएका छन् ।

कलाकार दयाहाङ राईले आरआर क्याम्पसमा पत्रकारितामा स्नातक अध्यन गरेका छन्। कुनैसमय अखिलको राजनीति गरेका दयाहाङ कवि बन्ने धुनमा राजनीति छाडेर नाटकमा अभिनय गर्दै चलचित्रमा प्रवेश गरेका हुन् । अहिले उनी नेपाली चलचित्रको सबैभन्दा ब्यस्त र पैसा छाप्ने मेशिन बनेका छन् ।

अभिनेत्री आँचल शर्माको पढाई पनि क्याम्पस तहसम्मको हो डिग्री होइन। नाइँ नभन्नु ल बाट चलचित्रमा प्रवेश गरेकी आचल हाल डा.उदिप श्रेष्ठसंग बिहे गरेपछि कला क्षेत्रमा कम समय दिन थालेकी छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङ पनि स्नातकका विद्यार्थी हुन् । उनको पनि ‘डिग्री’ को अध्यन छैन।

पोखराको नवीन उच्चमावीमा पढाउने प्रकाश घिमिरेको पनि ‘डिग्री’ छैन। उनी पोखरेली रंगमन्च हुँदै अहिले चलचित्र क्षेत्रमा ब्यस्त रचित्र अभिनेता बनेका छन् । अर्का पात्र माओत्से गुरुङ पनि पोखरामा रहेर गुरुङ फिल्मको प्रवर्द्धन गर्दै लामो समयदेखि नेपाली चलचित्रमा मुख्य कलाकारको रुपमा चर्चित छन् । कलाकार कमलमणि नेपाल र बुद्धि तामाङ सहित अन्य कलाकार पनि डिग्री नपढेका डिग्री माइलाका सारथि हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय