चेन्‍नईमाथि हैदराबादको सहज जीत

काठमाडौं, २४ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आइपिएलमा सनराइजर्स हैदराबादले दोस्रो जीत निकालेको छ । शुक्रबार भएको खेलमा हैदराबादले साविक विजेता चेन्‍नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो ।

चेन्‍नईले दिएको १६६ रनको विजयी लक्ष्य हैदराबादले ११ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । हैदराबादका लागि एइडेन मार्क्रमले सर्वाधिक ५० रनको पारी खेले । त्यस्तै अभिषेक शर्माले १९ बलमा ३७ रन बनाए । ट्राभिस हेडले ३१ रन बनाए ।

चेन्‍नईका लागि मोइन अलीले ३ ओभरमा २३ रन दिएर २ विकेट लिए । महिश थिक्सनाले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए । दीपक चहरले ३.१ ओभरमा ३२ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्‍नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रनको योगफल बनाएको थियो । शिवम दुबेले ४५ रन बनाए भने अजिन्क्या रहानेले ३५ रन बनाए । रुतुराज गाइक्‍वाडले २६ रन बनाए । हैदराबादका भुवनेश्‍वर कुमार, टि नटराजन, प्याट कमिन्स, शाहबाज अहमद र जयदेव उनादकटले १-१ विकेट लिए ।

यस जीतसँगै ४ खेलमा २ जीतसहित ४ अंक जोडेको हैदराबाद अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा समान अंक रहेको चेन्‍नई नेटरनरेटका आधारमा तेस्रो स्थानमा यथावत् छ ।

आइपिएलमा आज: राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु । समय: बेलुका ७:४५ बजे

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय