६० रनमा अलआउट हुँदै नेपाल ए को लज्जास्पद हार !

काठमाडौं, २३ चैत । काठमाडौंमा जारी नेपाल ए र आयरल्यान्ड ए बीचको एकदिवसीय श्रृंखलाअन्तर्गत भइरहेको दोस्रो खेलमा नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ । आयरल्यान्ड ए ले नेपाल ए लाई ११४ रनले हराएको हो ।

आयरल्यान्ड ए ले दिएको १७५ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै अलआउट भयो । नेपालका लागि भीम सार्कीले सर्वाधिक १७ रन बनाए भने कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् । पाँचजनाले खाता नै खोल्न सकेनन् ।

आयरल्यान्ड ए का म्याथिउ हमफ्रिसले ४.५ ओभरमा १ मेडनसहित ८ रन मात्र दिएर ६ विकेट लिए । फियोन ह्‍यान्ड र थोमस माएसले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ए ३८.४ ओभरमा १७४ रनमा अलआउट भएको थियो । गेभिन होएले सर्वाधिक ५० रन बनाउँदा कप्तान निल रकले ४५ रन बनाए । नेपालका लागि रिजन ढकाल र साहब आलमले ३-३ विकेट लिए । मौसम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीले १ विकेट लिए ।

यसअघि पहिलो खेलमा पनि नेपाल २१ रनले पराजित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय