गायक रवि ओडविरुद्ध श्रीमतीले दिइन् बैवाहिक बलात्कारमा उजुरी

काठमाडौ। आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै नेपाल आइडल सिजन-२ का बिजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले चैत २० गते जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गायक ओडलाई अदालतबाट समेत पक्राउ पुर्जी जारी भइसकेको छ।
नेपाल आइडल सिजन-२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

