दसैंमा चलचित्र : ०८३ सम्मको दसैं प्याक !

नेपाली चलचित्र निर्मातालाई आफ्नो चलचित्र रिलिज गर्दा सकेसम्म सार्वजनिक बिदा हुनुपर्ने र त्यसमा पनि नयाँ बर्ष,गाइजात्रा र दशैं तिहार जस्ता पर्व चाहिँ हुनैपर्छ ।

पर्व विदामा चलचित्र रिलिज गर्नुलाई नेपाली चलचित्र निर्माताले आफ्नो भाग्य बलियो भएको ठान्छन् । खासमा दसैं तिहार जस्ता पर्वमा लामो बिदा हुने भएकाले पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सक्ने उनीहरुको बुझाइ हो। त्यसैले दशैं तिहारमा फिल्म रिलिज गर्न निर्माताहरु तछाडमछाड गर्दछन।

पछिल्लो समय दसैं तिहार पारेर रिलिज गरिएका चलचित्रले लगानी सुरक्षीत गरेको थुप्रै उदाहरण पनि छन् । खासगरी दिपराज गिरि, रामबाबु गुरुङ,निश्चल बस्नेत,अशोक शर्माले दसैंलाई रिलिज मिति बनाएका हुन्छन् ।

महाजात्रा निर्देशक प्रदिप भट्टराईले समेत आफ्नो आगामी चलचित्रलाई २०८२ को दसैंमा रिलिज गर्ने संकेत गरेका छन् । षडकोण आर्टसले महाजात्रामा समावेश गरेको साथी….नामको गितमा नै उक्त संकेत गरेका छन् । बिपिन कार्की,रवीन्द्र सिंह बानिया र रवीन्द्र झा अभिनित गितमा लेखिएको छ-‘अब वि.सं २०८२ सालको दशैंमा भेटौला….।’

२०८१ को दसैं आउन ७ महिना बाकी हुँदै ०८२ को दसैं समेत प्याक देखिएको छ। त्यति मात्रै होइन ०८३ को दसैं समेत प्याक छ। आगामी दसैंमा दिपकराज गिरि र दिपाश्री निरौलाको ‘छक्का पन्जा ५’, सन्तोष सेनको ‘बलिदान’, निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ रिलिज हुने पक्कापक्की भैसकेको छ।

यस्तै, वि.सं २०८२ सालको दशैंमा ‘महाजात्रा’ टिमको नयाँ फिल्म रिलिजको घोषणा गरिएको छ । यहि मेसोमा अन्य चलचित्र निर्माता समेत लाइनमा छन् ।यस्तै, वि.सं २०८३ मा निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब २’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । ‘दिमाग खराब’ को सफलताबाट हौसिएका निश्चलले राजनीति बिषयमा दिमाग खराब-२ बनाउन लागेका हुन् । उनको फिल्मलाई ०८४ को चुनाव लक्षित समेत भनिएको छ। उनी रास्वपा सभापति रवि लामिछानेलाई सघाउने गरि चलचित्र निर्माण गर्न लागेको बजार हल्ला छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय