धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

काठमाडौ,१४ चैत ।भारतको गोवाबाट २ दिन अघि सम्पर्क बिहिन भएकी धनगढी उपमहानगरपालिकाका मेयर गोपि हमालको जेठी छोरी आरती परिवारको सम्पर्कमा आएकी छिन् ।
उनी सोमबारदेखि सम्पर्कविहीन रहेकी थिइन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् ।
आरती सम्पर्कमा आएपछि आरतीकी बहिनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका छन् ।आरती मेयर हमालकी जेठी छोरी हुन् । उनी ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

