अभिनेत्री रेखा थापा नेपाल फर्किँदै, नयाँ फिल्म बनाउने

काठमाडौं, १० चैत । चलचित्र ‘उपहार’ प्रदर्शन भैरहेको समयमा  नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन ।

हाल अमेरिकामा रहेकी उनले फिल्मको नाम सोचिरहेको बताईन । नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन ।’मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ’-रेखाले भनिन् । नायिका थापा नयाँ बर्ष लागेपछि वैशाख १८ गते छोरी र श्रीमान बलराम साही ठकुरी संगै नेपाल फर्किदैछिन ।

उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ । फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।

फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् । फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय