बाँसबारी जग्गा प्रकरण: सांसद विनोद चौधरीको बयान शुरु

काठमाडौ,८ चैत। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरी बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेका छन् । उनी पुगेसंगै सीआइबीले उनको बयान लिन शुरु गरेको बुझिएको छ।
बिश्वका धनाढ्यको सुचीमा रहेका चौधरी बयानका लागि आफै उपस्थित भएको स्रोतको भनाइ छ। उनी बिहिवार बिहानै पुगेका थिए।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरी सहित उनको भाइहरु वसन्त र अरुण चौधरी समेत तानिएका छन् । बसन्तलाइ बुधबार कागज गराइएको छ भने अरुण पक्राउ पछि हाजिरी जमानीमा थुनामुक्त भएर बसेका छन् ।
चौधरीलाई पत्र काटेर बोलाइएको थियो। ‘काठमाडौं महानगरपालिका ३ नं. वडाको कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह थापा समेत भएको बाँसबारी छाला जुत्ता कारखाना लि. को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैह कानूनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख थियो

