दिवाकर र दीपिकालाई पुत्रलाभ

काठमाडौं, ५ चैत । निर्देशक कलाकार दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंलाई पुत्रलाभ भएको छ । बिहे भएको चार वर्षपछि कलाकार प्रसाईंले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सोमबार बिहान दीपिकाले एक अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी हुन् । पहिलो सन्तान पाएपछि दिवाकरले श्रीमतीलाई महान् भन्दै भावुक स्टाटस पनि लेखेका छन् ।

उनले लेखेका छन्: ‘प्रिय बुडु! तिमी आमा भएकी छौ! महान् आमा ! तिमीप्रति आभारी हुने र तिम्रो प्रशंसा गर्ने शब्दहरू कम छन् मसँग माया। के भनुँ जो आफू मृत्युसँग लडेर मलाई जीवन दिएकी छौ। यसको खुसी म कसरी तिमीलाई भनु’, उनले लेखेका छन्, ‘आज महसुस हुँदै छ, संसारमा आमा किन महान् हुन्छन्? खास त्यही महानताभित्र नै संसार अडेको रैछ! तिमी पनि त्यो महान् आमा भएकी छौ। र, मलाई बाबा बन्ने सौभाग्य दिलाएकी छौ। यसका निम्ति सदियौँसम्म म ऋणी छु।’

भट्टराईकै निर्देशनमा बनेको चलचित्र ‘ऐश्वर्य’ मार्फत डेब्यु गरेकी दीपिकाले छक्कापञ्जा-३, हेलो जिन्दगी लगायतका फिल्म खेलेकी छन् ।

भट्टराई निर्देशित अर्को चलचित्र मायावी पनि अब रिलिजको पर्खाइमा छ । फिल्ममा प्रसाईंसँगै पल शाखको मुख्य भूमिका छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय