कर्णाली पुल एकतर्फी रुपमा सञ्चालनमा

कैलाली, ५ चैत । कर्णाली पुलमा एकतर्फि रुपमा सवारी साधन सञ्चालन हुन थालेका छन् । गएको सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा पुलको सपोर्टिङ वायरमा पनि क्षति पुगेको थियो । त्यसयता बन्द रहेको पुल आजदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
पुलको लठ्ठामा क्षति पुगेपछि प्राविधिक टोलीले जाँच गरेको थियो । सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गरेपछि मर्मतसम्भार समेत गरिएको छ ।
गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको थियो ।

