पूर्वसभामुख महरा पक्राउ, जहाजमा काठमाडौं ल्याइयो

काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले कपिलवस्तुबाट पक्राउ गरेको हो ।
पक्राउ गरेलगत्तै उनलाई जहाजमार्फत काठमाडौं ल्याइएको छ । त्यसपछि उनलाई सीआइबी कार्यालय लगिएको छ ।
यसअघि भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा महरापुत्र राहुल पनि पक्राउ परेका थिए ।

