भोजपुरको हतुवागढीमा आगलागी हुँदा तीनको मृत्यु

भोजपुर, ३ चैत । भोजपुरको हतुवागढी गाउँपालिका–७ मा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
त्यहाँका एक स्थानीयका अनुसार मृत्यु हुने तीनैजना बालबालिका रहेको हुन सक्ने आशंका छ । यद्यपि यसबारे यकिन विवरण आउन सकेको छैन ।
आगलागी नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ ।

