पूर्वउपराष्ट्रपतिका कान्छा छोरा दीपेश पुन पक्राउ

काठमाडौ,२ चैत । प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश पुनलाई पक्राउ गरेको छ।
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रबार ललितपुरबाट पक्राउ गरेको हो।
गत साउन २ गते बरामद भएको साढे ६१ किलो तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो।पुनको सम्बन्ध यसअघि नै सुन तस्करी प्रकरणमा पक्राउ होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङसंग रहेको प्रहरी दाबी छ।

