राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल विजयी भएका छन्।

यही फागुन २० गते तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्।

राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित भएकोमा नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धनको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय