राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन आज हुँदै छ । नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच राष्ट्रिय सभाकाे अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो।
दाहाललाई नवनिर्मित माओवादी-एमाले-जसपा-नेकपा एस सम्मिलित सत्ता गठबन्धनको साथ रहेको छ। यस हिसाबले दाहालको जीत निश्चित जस्तै देखिन्छ । सत्ता गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मतको आवश्यकता रहन्छ ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।
त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ तथा लोसपाका शेखरकुमार सिंह छन्।

