पाँच दिने क्षमता विकास तालिम सम्पन्‍न

काठमाडौं, २८ फागुन । काठमाडौ महानगरपालिका-६ बौद्ध महाङ्काल स्थित सक्रिय आमा समूहको आयोजनामा फागुन २४ देखि शुरु भएको पाँच दिने क्षमता विकास तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।

महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित वडा नम्बर-६ को सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिममा सक्रिय आमा समूह अन्तर्गतका ४० जना महिलाको सहभागिता रहेको थियो।

तालिममा उद्घोषणकला, व्यक्तित्व तथा नेतृत्व विकास र सकारात्मक सोच एवं सामाजिक संजाल प्रयोग गर्दा ध्यानदिनुपर्ने सम्बन्धी विषयमा जानकारी दिइएको थियो। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रुद्र भट्ट र प्रशिक्षक बिमला दासले तालिमको सहजीकरण गरेका थिए ।

तालिम समापनको अवसरमा सहभागी सबैलाई प्रमुख अतिथि एवं कामपा वडा नम्बर-६ का वडा अध्यक्ष भुवन लामाले प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा वडा अध्यक्ष लामाले महिलाको भुमिका महत्त्वपूर्ण हुँदाहुँदै पनि निर्णायक तहमा पुग्न कठिनाइ भैरहेको भन्दै समाज रुपान्तरण र राजनीतिक अभियानमा लाग्न यस्ता तालिम उपयोगी हुने बताए। पुर्व राष्ट्रपति विद्या भण्डारी, सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधीश शुशीला कार्की,पुर्व सभामुख ओनसरी घर्ती देखि राजनीतिक नेतृत्व गरेर आएका स्व.नोना कोइराला,शैलजा आचार्य,सहाना प्रधानको उदाहरण दिदै उनले हरेक महिला सक्षम भएमा समाज र राष्ट्रले नै गर्व गर्न सक्ने बताए।

अध्यक्ष लामाले महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिने उदेश्यले आफुले यो कार्यक्रमका लागी सहयोग गरेको र तालिम पश्चात् सक्रिय आमा समूहको उत्साह र उर्जा देखेर धेरै खुशी लागेको समेत बताए।

उनले २००७ सालदेखी आजको लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा धेरै महिला नेतृले भुमिका खेलेको भन्दै महिलाको बोल्ने क्षमताको बिकास र नेतृत्व क्षमताको लागि आफुले ब्यक्तिगत रुपमा र महानगर तथा वडाबाट पनि सहयोग गरिरहने प्रतिबद्धता जनाए। सिक्नका लागि भविष्यमा हुने कुनैपनी तालिम नछुटाउन आग्रह गर्दै उनले आफू सधैं साथमा हुने प्रतिबद्धता सहित सकारात्मक सोचलाई रचनात्मक बनाउनुपर्ने अनि उत्साह र उर्जा सहित काम गर्न आग्रह गरे।

सक्रिय आमा समुहकी अध्यक्ष नानु दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा तालिम संयोजक मेनुका पौड्यालले स्वागत र संस्थाकि सदस्य कोपिला आचार्य दाहाल र वन्दना थपलियाले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा समाजसेवी धर्मसागर ढकालले महिलाको क्षमता विकासले समाज विकासमा पनि योगदान पुग्ने भन्दै तालिममा सहभागी सबैलाई बधाई दिए ।

कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सक्रिय आमा समूहकि जेष्ठ सदस्य रुक्मिणी नेपाल,रन्जु कुईंकेल,चादनी सापकोटा वाग्ले,जानुका पराजुली र मिना गजुरेलले पाँच दिनको तालिमले आफुहरुलाई धेरै कुरा सिक्ने र जान्ने अवसर पाएकोमा खुसी लागेको अनुभव सुनाएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय