कास्की केन्द्रविन्दु भएर भूकम्प

पोखरा, २६ फागुन । कास्की केन्द्रविन्दु भएर भुकम्प गएको छ ।
शनिबार विहान ७ बजेर ३० मिनेटमा कास्कीको पार्चे केन्द्रविन्दु भएर ४ म्याग्निट्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पोखरा तथा आसपासका ठाउँहरुमा पनि महसुस गरिएको थियो ।

