महाशिवरात्री: पशुपतिमा भक्तजनको घुइँचो (तस्बिरहरु )
प्रतिक भट्ट
काठमाडौं, २५ फागुन। महाशिवरात्री पर्वको अवसरमा काठमाडौ पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको घुइँचो छ । पशुपति क्षेत्रमा बिहिवार बेलुकी देखी नै भक्तजनको उपस्थिति रहेको र राति २ बजेदेखि पशुपति दर्शन गर्नेको लाइन लागेको थियो। यहाँको भिड ब्यबस्थापनको लागि काठमाडौ उपत्यका प्रहरीले ४ हजार भन्दा बढी प्रहरी परिचालन गरेको छ।
हरेक वर्ष फागुन कृष्ण पक्ष त्रैयोदशीका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरि पशुपति मन्दिर सहित देशभरका शिवमन्दिरमा बेलपत्र र गाइको दूध चढाइन्छ। भक्तजनको घुइँचोलाई ध्यानमा राखेर पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएको थियो। लाइनमा बसेका दर्शनार्थीले अहिले दर्शन गरिरहेका छन् ।
पशुपति दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल ,पुर्व राजा ज्ञानेन्द्र शाह,पुर्व राष्ट्रपतिहरु र बिशिस्ट ब्यक्तिहरु पनि दिउँसो जानेछन् ।
हेरौं तस्बिर :-










