रेशम चौधरी पार्टी अध्यक्ष बन्न अयोग्य

काठमाडौं,२४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ ।

नाउपाको हालै सम्पन्न महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । उनले पत्नी रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर आफैं अध्यक्ष बनेका थिए।

त्यसपछि नाउपाले महाधिवेशनबाट मनोनित भएका पदाधिकारीहरुको नामावली अध्यवाधिकका लागि निर्वाचन आयोगमा पठाइएको थियो । आयोगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वैधता अध्ययन गरेर रेशमलाई अध्यक्ष स्वीकार गर्न नसकिने निश्कर्ष निकालेको हो ।

आयोगले अध्यक्षमा पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई निरन्तरता दिएको छ । रन्जिता नाउपाको सांसद तथा पुर्व मन्त्री समेत हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय