नारायणकाजी परराष्ट्र,अर्थमन्त्रीमा बर्षमान पुन

काठमाडौ,२३ फागुन।नयाँ गठबन्धन अनुसार दलहरूले मन्त्रालयको संख्यामा भागबन्डा मिलाएसँगै अर्थमन्त्रीमा बर्षमान पुनले बाजी मारेका छन् ।
सरकारमा सहभागी हुने दलहरू मध्य ४ दलको बैठकले एमाले ८, माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय लिने सहमति गरेका छन् । बाकी ५ मन्त्रालय एकीकृत समाजवादी,लोसपा,जनमत र नागरिक उन्मुक्ति पार्टी मध्य लाई छुट्याइएको छ ।
यसैबीच माओवादीले पाएको ५ मन्त्रालय मध्य उपप्रधानमन्त्री सहित परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीमा बर्षमान पुन निश्चित भएको छ। हितबहादुर तामाङ यसअघि नै मन्त्री नियुक्त भैसकेका छन् । अन्यको टुंगो लाग्न बाकी छ।

