रास्वपाले टुंगो लगायो मन्त्रीको नाम, रवि गृहमन्त्री अरु को-को ?

काठमाडौ,२३ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।

बुधबार बिहान सत्ता गठबन्धन भित्र मन्त्रालय संख्यामा भागबन्डा हुँदा रास्वपाले उपप्रधान सहित गृहमन्त्री र थप ३ मन्त्रालय पाउने टुंगो लागेको थियो । उपप्रधान तथा गृहमन्त्रीमा पार्टी सभापति रवि लामिछाने आफैं जाने भएका छन् । यसअघि सपथ लिएर बसेका उपसभापति डिपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्री हुनेछन् ।

त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने गरि मन्त्रीको टुंगो लगाएको र मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय