नेपालद्वारा नेदरल्यान्ड्सलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, २२ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स आज नेदरल्यान्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । ३७ बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे । त्यस्तै गुल्शन झाले ३४, कप्तान रोहित पौडेलले २५ र ओपनर कुशल भुर्तेलले २० रन बनाए ।
कुनै समय १७ ओभरमा १५८-४ को अवस्थामा रहेको नेपालले त्यसपछि १० रन जोड्दा ४ विकेट गुमाएपछि १६८-८ को अवस्थामा पुगेको थियो, त्यहाँबाट नेपालले थप १६ रन जोड्यो । कुशल मल्ल, गुल्शन झा र करण केसी आउट भएसँगै नेपाल विशाल योगफल खडा गर्नबाट भने चुक्यो ।
नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेनले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए । त्यस्तै टिम भान डर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एङ्गलब्रेटले २-२ विकेट हात पारे ।

