नयाँ मन्त्रीहरुको सपथ साँझ ६ बजे
काठमाडौ,२१ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका उपप्रधानमन्त्री सहित सबै मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।
सबैलाई बर्खास्त गरेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालय पुगेर नयाँ ३ जना मन्त्रीको नाम बुझाएर फर्केका छन् । आजै साँझ ६ बजे नवनियुक्त मन्त्रीहरूको सपथ हुनेछ। प्रधानमन्त्री कार्यालयले ५ बजे पत्र पठाउने तयारी गरेको छ। यद्यपि राष्ट्रपति कार्यालयले भने पत्र प्राप्त नहुदै सपथको तयारी गरेर बसेको छ।’तयारीमा बसेका छौं अब समय तोकेर बोलाउन बाकी छ’ राष्ट्रपति कार्यालय स्रोतले परेवान्युजसँग भन्यो।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एमालेबाट पर्वतका पदम गिरी, माओवादी केन्द्रबाट नुवाकोटका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङका डिपी अर्याललाई मन्त्री बनाउन लागेको मौखिक जानकारी राष्ट्रपति कार्यालयमा गराएका छन् ।
नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा सहित अन्य विषयमा प्याकेजमै सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् ।प्ररधानमन्त्री निकट स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव,रास्वपा सभापति रवि लामिछाने सहित एकीकृत समाजवादी,लोसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा समेट्ने भनेका छन् ।

