एमालेले ‘सुखानी स्मृति दिवस’ मनाउँदै

काठमाडौं,२१ फागुन। नेकपा एमालेले इलाम र झापाको सिमाना सुखानीमा ‘सुखानी स्मृति दिवस’ मनाउँदै छ ।

झापाको सुखानीमा नेकपा एमाले र सो पार्टी निकट भ्रातृसंगठनले संयुक्त रुपमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको एमालेले जनाएको छ । यो ठाउँ झापाको अर्जुनधारा शनिश्चरेबाट इलामको माइ नगरपालिका जादा बाटोमा पर्दछ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने भनेर लगिएका तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरुलाई सुखानी जंगलमा लगेर गोली हानी मारिएको थियो।

तत्कालीन बिद्रोही कम्युनिस्ट पार्टी नेकपा मालेका नेताकार्यकर्ता रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई गोली हानेर हत्या गरिएको थियो।

पन्चायत विरुद्ध क्रान्तिकारी आन्दोलन गर्दै आएका मालेका नेताकार्यकर्तालाई सुखानी जंगलमा हत्या गरेपछि फागुन २१ लाई सहिदको सम्झनामा दिवसको रूपमा मनाइने गरेको हो। सुखानी हत्याकाण्ड चर्चित हत्याकाण्ड मध्य एक हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय