हङकङमा हुने टी-२०आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा
मुख्य पाँच खेलाडीलाई आराम
काठमाडौं, २० फागुन । आगामी साता हङकङमा सुरु हुने नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । क्यानले आइतबार १४-सदस्यीय टोलीको घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टोलीमा पाँच मुख्य खेलाडीलाई आराम दिइएको छ। आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ । लोकेश बम र आकाश चन्द टोलीमा समावेश छन् । त्यसैगरी अहिले भइरहेको टी२० श्रृंखलाबाट रोहित पौडेल, कुशल भुर्तेल, गुल्शन झा, आरिफ शेख, बिबेक यादव, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, सन्दीप जोरा र प्रतिश जिसीले निरन्तरता पाएका छन् ।
हङकङमा यही मार्च १० देखि १३ सम्म नेपाल, हङकङ र पिएनजीबीचमा श्रृंखला हुने छ । आगामी टी-२० विश्वकपको तयारी स्वरुप यस श्रृंखला खेल्न लागिएको हो । टी-२० विश्वकपमा पिएनजी पनि खेल्दै छ ।
नेपालले फ्रेन्डसिप कपअन्तर्गत मार्च ९ मा हङकङसँग खेल्ने छ । त्यसपछि मार्च १० मा टी२०आई श्रृंखलाको पहिलो खेलमा हङकङसँग, मार्च ११ मा दोस्रो खेलमा पिएनजीसँग खेल्ने छ । मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्ने छन् ।
नेपालको टोली:


