शालिन मृत्यु प्रकरण: सुसाइड नोट भनेर दाबी गरिएको कागजमा यस्तो

काठमाडौं, १९ फागुन । गत फागुन १२ गते विद्यालयको होस्टलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी १४ वर्षिय शालिन पोखरेलको सुसाइड नोट भनेर एउटा चिट फेला परेको छ।यद्यपि त्यसको पनि अनुसन्धान हुँदैछ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि घटनाको अनुसन्धान गर्न प्रहरीले विद्यालयको प्रिन्सिपल, सहायक प्रिन्सिपल र होस्टल वार्डेनलाई पक्राउ गरी हिरासतमा राखेको छ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यहीबिचमा शालिनले छाडेको सुसाइड नोट फेला परेको भनिएको छ। त्यो नोट शालिनको हो वा होइन भन्ने पनि अनुसन्धान हुँदैछ। नोटमा लेखिएको छ,‘सरी एभ्रिबडी, सरी ममि ड्याड ।’ यसलाई प्रहरीले फरेन्सिक जाँच गर्दै छ ।

