नेपालद्वारा नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौं, १८ फागुन । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो । नेपालका लागि कुशल मल्लले अविजित रहँदै ५५ रन बनाए । त्यस्तै आरिफ शेखले ३१ तथा गुल्शन झाले २६ रन बनाए ।
नामिबियाका बेन शिकोङ्गोले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । त्यस्तै ज्याक ब्रासेलले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिँदा रुबेन ट्रम्पलमेन र बर्नार्ड स्कोल्जले १-१ विकेट लिए ।
फाइनलमा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

