बालेन सत्तामा महिला कर्मचारीको पिडा !

काठमाडौ,१७ फागुन। काठमाडौ महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै सामाजिक संजालमा गुनासो गरेकी छन्।
उनले संजालमा भनेकी छन् ,-‘म मृत्युलाई जित्दै गएको मानिस, अन्धाभेडाहरुको भिडले गरेको तुच्छ गालिबाट डराउदिन। राष्ट्रसेवकको नाताले मैले काम गर्न पाउँ भन्दा गाली खानुपर्छ भने लाग्छ यो देशमा कामचोरको मात्र दिन रहेछ।कर्मचारीले काम गर्न नपाउनुभनेको एक लज्जास्पद बिषय हो।’
उनले बिगत ३ बर्स देखि कार्य जिम्मेवारी बिहिन बनाएको र हाल मेयर बालेन साहको प्रसासनलाई पटक पटक गएर ‘म काम गर्छु काम गर्न देउ’ भन्दा नदिएकाले मैले काम गर्न पाउने अधिकारको लागि म लडि रहन्छु। एउटा कर्मचारीले काम गर्न देउ भन्दा बिरामी छस् हाजिर गर्न दिएको छ तलब दिएको छ भन्नू कति जायज होला? भन्दै प्रश्न तेर्साएकी छिन् ।

