सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप, पाँच प्रहरीसहित सात घाइते

काठमाडौं, १६ फागुन । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप हुँदा पाँचजना प्रहरी घाइते भएका छन् ।

तोकिएको समयभन्दा पहिले नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै व्यवसायीहरुलाई हटाएको प्रहरीले बल प्रयोग गरेको भन्दै व्यवसायीले प्रतिकार गरेका थिए । सोही क्रममा झडपको स्थिति सिर्जना भएको थियो ।

व्यवसायीहरुले आफुहरुमाथि ढुङ्गामुढा गरेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् । ९ बजेदेखि फुटपाथमा व्यापार गर्न दिने कुरा भएको तर व्यवसायीहरु ७ बजेदेखि नै सडकमा व्यापार गर्न थालेपछि हटाउन खोजिएको उनले बताए ।

उता व्यवसायीहरुले भने नगर प्रहरीले एक्कासी लाठी प्रहार गर्दै केहीलाई नियन्त्रणमा लिएको भन्दै आफूहरुले प्रतिकार गरेको बताएका छन् । झडपमा परी ५ प्रहरी र २ व्यवसायी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय