कांग्रेसले निहुँ खोजेको भन्दै राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

 

काठमाडौ,१६ फागुन। नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार हुने भन्दै सोही अनुसार निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको प्रबक्ता अग्निप्रसाद सापकोटाले बताए।सत्ता गठबन्धनको ठुलो दल नेपाली कांग्रेसले निहुँ खोजेको र एकपटक देखाइदिने भन्दै माओवादीले यो निर्णय गरेको हो।

यता राष्ट्रिय सभा निर्वाचन अगाडी नै गठबन्धनमा सल्लाह भएरै कांग्रेसले पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिरहेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय