त्रिदेशीय टी२० श्रृंखलाको पहिलो खेलमा नेपाल र नामिबिया खेल्दै

काठमाडौं, १५ फागुन । मङ्गलबारदेखि काठमाडौंमा सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेदेखि सुरु हुने छ ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ को श्रृंखला सकिएसँगै यिनै तीन टोलीले आउँदै गरेको टी२० विश्‍वकपको तयारी स्वरुप टी२० श्रृंखला खेल्न लागेका हुन् । आगामी जुनमा हुने टी२० विश्‍वकपमा नामिबिया र नेदरल्यान्ड्स पनि खेल्दैछन् र नेपाल र नेदरल्यान्ड्स एकै समूहमा समेत रहेका छन् ।

नेपालले यस श्रृंखलाका लागि १८ सदस्यीय टोलीको आइतबार घोषणा गरेको थियो । लिग २ को श्रृंखलामा टोलीमा समावेश रहेका भीम सार्की, देव खनाल, सूर्य तामाङ र पवन सर्राफ टी-२० टोलीमा छैनन् । सन्दीप जोरा, विनोद भण्डारी, अविनाश बोहरा, विवेक यादव, राशिद खान, सागर ढकाल र प्रतिश जिसी टी-२० टोलीमा थपिएका छन् ।

नेदरल्यान्ड्सले भने टी२० टोलीका लागि दुई परिवर्तन गर्दा नामिबियाले लिग २ खेलेको टोली नै खेलाउने छ । प्रत्येक टोलीले एकअर्कासँग २ खेल खेल्ने छन् । तीन टोलीमध्ये शीर्ष २ ले आगामी मङ्गलबार हुने फाइनल खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय