माओवादी स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, १५ फागुन।सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पुनः बस्ने भएको छ।

बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा जनपरिचालन लगायत विषयमा छलफल हुने बुझिएको छ। पार्टी नेतालाई कुन जिम्मेवारी कसलाई दिने ? भन्ने बिषयमा आवस्यक गृहकार्य नपुगेको भन्दै दुई दिन अघि बैठक स्थगित भएको थियो।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनबारे आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका छन् ।

आजको बैठकमा आगामी चैत १ गतेदेखि सञ्चालन गरिने तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियानबारे छलफल हुनेछ ।बैठकमा सरकारका काम कारबाही, मिटरब्याज र सहकारी पीडितका समस्या लगायत समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय