चितवनमा एक सिङ्गे गैँडा मृत फेला

फाइल तस्बिर

चितवन, १४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आइतबार मृत गैँडा फेला परेको हो ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको छ।

आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ । रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय